सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

किसानले अब कच्चा दूधको प्रतिलिटर ५६ रुपैयाँ पाउने

442
shares

सरकारले पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ निर्धारण गरेको हो । यस्तो मूल्य प्रशोधित अगाडिकै भएकोले अब बढेको मूल्य सिधै किसानले पाउने भएको पनि कृषि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यस अघि किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा हाराहारीमा हुने थियो । पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण भएकोले किसानले पाउने दूधको मूल्यमा करिब ६ रुपैयाँ ८८ पैसाले बृद्धि भएको एक वरिष्ठ पशु विज्ञले बताएका छन । उनका अनुसार बढेको मूल्य अनुसार अब प्रशोधित दूधको मूल्य कति हुने भन्ने विषयमा भने दूग्ध विकास संस्थान (डीडीसी)सँगको समन्वयमा निर्धारण हुने उल्लेख छ ।

कच्चा दूधको मूल्य तय भएपछि अब किसानबाट संकलन हुनेदेखि प्रशोधन भएर बजारमा जानेसम्मको लागत मूल्य तय गर्नुपर्ने हुन्छ । दुवानीसहित प्रशोधनको लागत पनि हिसाव गरेपछि उपभोक्ताले पाउने नयाँ मूल्य पनि निर्धारण हुने भएको छ । मूल्य बढ्दा उपभोक्तको हितमा असर नपर्ने गरी अब बजारमा दूधको मूल्य बढ्न पनि सक्ने ती पशु विज्ञको तर्क छ ।राष्ट्रिय दूग्ध विकास नीति २०७८ को बुँदा ८ अनुसार कच्चा दूधको मूल्य निर्धारण गरेको हो । यसले अब हरेक दुई दुई वर्षमा दूधको मूल्य अद्यावधिक गरिने बाटो पनि खुलेको छ । यस अघि साढे दुई वर्ष पहिले दूधको मूल्य बढेको थियो ।


दूधको कच्चा मूल्य निर्धारणपछि अब नेपाल पनि छिमेकी देश सरहको मापदण्डमा मूल्य निर्धारणको मापदण्डमा पुगेको पनि उल्लेख छ । यसमा किसानले उत्पादन गर्ने न्यूनतम गुणस्तर र मूल्य निर्धारण गर्न सकिएको पनि उल्लेख छ । सरकारको निर्णयपछि कृषि तथा पशुपन्धी विकास मन्त्रालयले अब डीडीसीबाट दूधको नयाँ मूल्यको प्रस्ताव माग गर्ने छ । डीडीसीको बोर्ड बैठकले दिएको प्रस्तावलाई मन्त्रालयले दिने सहमति पनि अब नयाँ मूल्य निर्धारण हुने पनि उल्लेख छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports