सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले राष्ट्रिय सभा निर्वाचन प्रयोजनाका लागि गरायो दल दर्ता

1.39K
shares

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गरेको छ । बुधबार एमाले नेताहरु आयोग पुगेर दल दर्ता गरेको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न अन्कनाएको एमालेले राष्ट्रिय सभा सदस्यका लागि भने दल दर्ता गराएको हो । बुधबार बेलुकासम्म राष्ट्रिय सभा निर्वाचनका लागि एमाले सहित ६ वटा पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार एमालेसहित नेमकिपा, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा सदस्यका लागि दल दर्ता गराएका हुन् ।

ं५९ सदस्यीय राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट एक तिहाई सदस्य रिक्त हुदैछ । रिक्त हुनु एक महिना अघि नै ति पदमा निर्वाचन हुने व्यवस्था छ । राष्ट्रिय सभाका मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख हुने व्यवस्था छ । उनीहरुको मत भार १९ र ५३ हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports