सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर

1.11K
shares

काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउन्ड हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports