नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अशोक राई नेतृत्वको जसपा विभाजित राजेन्द्र श्रेष्ठ समूह नेकपामा जाने

1.14K
shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ ।

राई नेतृत्वको पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने चर्चा चलिरहेका बेला संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहित नेताहरू नेकपामा लागेका हुन् ।

चोइटिएर नेकपातिर लाग्नुअघि सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू कन्दङ्वा, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष कृष्णबहादुर घजुले पार्टी छाडेको पत्र हस्ताक्षरसहित छाडेका छन् ।

जेन-जी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिसमेत खतरामा पर्न सक्ने भएकाले विचारमा सामिप्यता रहेको परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धी प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने निष्कर्षसहित नेकपातिर लागेको अध्यक्ष राईलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

पत्रमा लेखिएको छ- ‘हामी केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ-आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports