सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा निर्वाचन : ३ चरणमा सेना परिचालन हुने

1.12K
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ ।

सेना परिचालनको स्वीकृतिसँगै तीन चरणमा सेनालाई परिचालन गर्न लागिएको छ । मन्त्रिपरिषद्ले मंसिर ८ मा गरेको निर्णय, सिफारिसको आधारमा बिहीबार राष्ट्रपति पौडेलले सेना परिचालन गर्ने स्वीकृति दिएका थिए ।प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जङ्गी अड्डाको निरीक्षण गर्दै चुनावमा एक थोपा पनि रगत नबग्ने गरी परिचालित हुन निर्देशन दिएकी छन् ।

जङ्गी अड्डामा पुगेर कार्कीले भनिन्, ‘सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिन्छु ।’सेनाले सुरक्षा चुनौती र आगामी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ । निर्वाचन सुरक्षामा सेना परिचालनको ढाँचाबारे पनि प्रस्तुतीकरण गरिएको छ ।मन्त्रिपरिषद्को निर्णय सिफारिसको आधारमा तिन चरणमा सेना परिचालन गरिँदै छ । तीन चरणमा सेना परिचालन हुने सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले  बताए । उनले भने, ‘कुन मितिबाट परिचालित हुने भन्नेबारे चाहिँ मैले पनि बुझ्नुपर्छ ।’

जङ्गी अड्डा स्रोतका अनुसार पहिलो चरणमा ३ महिना आगाडिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ्ग गर्नुपर्ने निर्णय गरिएको छ । त्यसपछि दोस्रो चरणमा थप फौज सहित १ महिना अगाडी सेना फिल्डमा परिचालित हुनेछ । तेस्रो चरणमा निर्वाचन सकिएर नतिजा नआउन्जेल सेना परिचालन गरिने छ ।

यसअघिको निर्वाचनमा १ महिनाअघि मात्र सेना परिचालन गरिन्थ्यो । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसको आधारमा यसपटक निर्वाचनको वातावरण बनाउन तीन महिना अगाडिदेखि सेना परिचालन गर्न लागिएको एक जना उच्च सुरक्षा अधिकृतले  बताए । कार्तिक ३० मा केन्द्रीय सुरक्षा समितिको बैठकले जेनजी प्रदर्शनपछि देखिएको सुरक्षा चुनौतीका कारण ३ महिनाअघिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ्ग गर्नुपर्ने निर्णय गरेको थियो ।यसपटकको निर्वाचनमा निर्वाचनमा चार वटा सुरक्षा निकायका ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिँदै छ । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार ७९ हजार सेना खटिँदै छन् ।

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कारबाहीलाई पनि सहजीकरण र सहयोग गर्न सेनालाई निर्देशन दिएकी छन् । जङ्गी अड्डा निरीक्षण भ्रमणमा उनले भनिन्, ‘सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई विना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्य योजना सहित अघि बढ्न म निर्देशन दिन्छु ।’जेनजी आन्दोलनमा लुटिएका र हराएका हतियार नियन्त्रणमा लिन पनि प्रहरी र सशस्त्रसँग सहकार्य गर्न प्रधानमन्त्रीले सेनालाई निर्देशन दिएकी छन्न । उनले भनिन्, ‘फरार अपराधी पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने कुरामा कुनै कसर बाँकी नराखी खट्नुहोस् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports