तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मलेसियालाई पराजित गर्दै नेपाल प्रिमियर कपको फाइनलमा

1.31K
shares

नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कप २०२५ को फाइनलमा पुगेको छ।

शनिबार युएईमा भएको सेमिफाइनलमा मलेसिया माथि ९ विकेटको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल यू-१९ एसिया कपमा समेत पुगेको छ।नेपालले मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य ७.५ ओभरमा पूरा गर्‍यो।नेपालको जितमा वंशी क्षेत्रीले नटआउट २३ रन र निश्चल क्षेत्रीले नटआउट १५ रन बनाए। ओपनर निरज यादव भने ४ रनमा आउट भएका थिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमै अलआउट भयो।उसका सुरुवाती आठ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। हम्जा पाङगीले जोडेको १३ रन नै मलेसियाका ब्याटरले जोडेको सर्वाधिक रन रह्यो।बलिङमा नेपालका नितेश पटेलले ४ विकेट लिए। उनले ८ ओभरमा २ मेडन राख्दा २४ रन दिए। चन्दन रामले ३ विकेट हात पारे। चन्दनले ५ ओभरमा १ मेडन राख्दा ७ रन दिए।

कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अप्राजित पौडेलले १-१ विकेट लिए।अब नेपालले उपाधिका लागि सोमबार घरेलु टोली युएई वा ओमानमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीच सेमिफाइनल भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports