एमालेमा अहिले ओलीको विक्लप खोज्ने बेला होईन : सचिव अर्याल
वि.सं.२०८२ मंसिर १३ शनिवार १४:५०
shares

काठमाडौं । नेकपा (एमाले)का सचिव एवम् ११औं महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छिन् ।
११ औं महाधिवेशन प्रचार समितिको आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्ययालले नेकपा एमालेको महाधिवेशन देश र पार्टीलाई कार्यदिशा दिने महाधिवेशन भएकोले अहिले अध्ययक्षमा ओलीको विकल्प नरहेको बताएकी हुन् ।सचिव अर्यालले भनिन्, ‘यो विषम परिस्थितीबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन। यो अहिलेको आवश्यकता हो । अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो ।’
पछिल्लो समय महाधिवेशन नजिकिँदै गर्दा पार्टीको नेतृत्वको विषयमा बहस भइरहदाँ ओलीको विकल्प ओली नै रहेको अर्यालले प्रष्ट पारेकी हुन् ।उनले पार्टीको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अनुमोदित गर्ने समेत उल्लेख गरिन् ।मुलुकको वर्तमान सङ्कटपूर्ण राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र सुदृढ एकताको आवश्यकतासमेत रहेको सचिव अर्यालले औंल्याएकी छिन् ।उनले सम्बद्ध सबै पार्टी संरचना,संगठन तथा कार्यकर्ताहरूलाई अझ उन्नत एकता र आन्तरिक समन्वयलाई अझ मजबुत बनाउन आग्रह गरिन्।पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्ने दावी समेत अर्यालले गरिन् ।
अहिले मुलुक अभुतपूर्व संकटपूर्ण घडीबाट गुज्रिएको बताउदै अर्यालले एमालेमाथी भैरहेको चौतर्फी प्रहारको सामना गर्न , राष्ट्र र राष्ट्रियता जोगाउन तथा कोमामा रहेको संविधानलाई बचाउन एमाले अझ सुदृढ , सबल,सक्षम र एकताबद्ध हुन जरुरी रहेको बताउनु भयो ।उनले भनिन्, ‘अहिले एमालेमा अध्यक्ष केपी ओलीको अपरिहार्यता अझ बढेको छ,मुलुकमा देखा परेको विषम परिस्थितिबाट पार्टी ,राष्ट्र र राष्ट्रियता जोगाउन उहाँको विकल्प छैन ।यो अहिलेको आवश्यकता हो ।”पार्टीभित्रको एकता, स्थायित्व र प्रभावकारी नेतृत्वमार्फत देशसमक्ष उपस्थित चुनौती समाधान गर्न सकिने हुँदा यस सन्दर्भमा आम पार्टी पंक्ति गम्भीर हुँदै एकताबद्ध हुन आग्रह समेत उनले गरिन् ।
पार्टीमा सहमतिका आधारमा नेतृत्व निर्माणको औचित्य र आवश्यकता रहेको बताउदै अर्यालले केपी ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व निर्माण हुने र यसमा कसैले हुनेनहुने छललफ गर्नै नपर्ने दाबी गरिन् ।उनले पार्टी भित्र अराजनीतिक तथा अस्वस्थ अभिव्यक्ति नदिन पनि पार्टी पंक्तिलाई आग्रह गरेकी छन् ।


































