सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले विदेशी शरणार्थीलाई शरण दिने सबै निर्णय रोक्यो

871
shares

वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा रोक लगाएको छ।

अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन्।उनले लेखेका छन्, ‘प्रत्येक विदेशी नागरिकले बढीभन्दा बढी जाँच र स्क्रिनिङ गरेको छ भनेर सुनिश्चित नभएसम्म यो रोक कायम रहनेछ।’उनले अगाडि लेखेका छन्, ‘अमेरिकी जनताको सुरक्षा सधैँ पहिलो हुन्छ।’

बुधबार ह्वाइट हाउसनजिकै दुईजना नेसनल गार्डलाई गोली हानिएको थियो।गोली लागेर गम्भीर घाइते भएका दुई गार्डमध्ये एकजनाको मृत्युसमेत भइसकेको छ। अर्कोको अवस्था पनि गम्भीर छ।गोली हानेको आरोपमा त्यही बेला घाइते अवस्थामा अफगान नागरिक रहमानुल्लाह लकनवाललाई पक्राउ गरिकिएको छ।

घटनापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सहित १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुन: जाँच गर्न निर्देशन दिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports