तत्कालिन कार्यवहाक प्रधानमन्त्रीले राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गरियोस्
वि.सं.२०८२ मंसिर १८ बिहीवार १२:१५
shares

काठमाडौ । भाद्र २७ गते राष्ट्रपति रामचन्द्र पौडेलेले सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा आफूले तत्कालिन कार्यवहाक प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा नियुक्त गरेको बताउँदै आएका छन् भने नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आफूले संविधान सम्वत् ढँगले प्रधानमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेको र संसद विघटन गर्न आफूले सिफारिस नगरेका बताइरहेका हुनाले सत्य तथ्य के हो ? अब त्यसको जानकारी राष्ट्रपति कार्यालयले दिनैपर्दछ । भाद्र २४ गते कार्यवहाक प्रधानमन्त्री रहेका ओलीले राष्ट्रपतिलाई लेखेको पत्र राष्ट्रपति कार्यालले सार्वजनिक गर्नुपर्दछ ।
संसदले चिन्दै नचिन्ने व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने अधिकार नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छैन भने पहिला संसद जिवित हुँदै प्रधानमन्त्रीमा नियुक्त गर्ने अनि तिनै प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गर्नु संविधानको मात्र उल्लंघन नभएर सम्वैधानिक प्रक्रियाकै उल्लंघन हो । त्यही कारणले गर्दा भाद्र २४ गते तत्कालीन कार्यवहाक प्रधानमन्त्री रहेका केपी ओलीले राष्ट्रपतिलाई लेखेको पत्र तत्काल सार्वजनिक गरिनुपर्दछ ।
विभिन्न समूहमा झुठको खेती गर्दे आफ्नो स्वार्थ पूरा गर्दै आएका पुष्पकमल दाहालले मंसिर १४ गते नेपाली कम्युनिष्ट पार्टीको दाङमा भएको आससभामा सुशिला कार्कीलाई म र माधव नेपालले रातभर बसेर प्रधानमन्त्री बनाएका हुँ भनेका छन् । होइनको दाहाल को हुन् ? प्रधानमन्त्री बनाउने हैसियत उनको के ? कतै तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई हटाउन दाहाल नेपाल लगायत सितल निवास पनि षड्यन्त्रमा सहभागि थियो कि ? भनेर जनताले किन प्रश्न नगर्ने ?
जेनजीहरुको विरोध प्रदर्शन हुन भन्दा ३÷४ दिन अघि दाहालले भाषणा गर्दै भनेको थिए अबको ३÷४ दिनमा ठुलो आन्दोलन हुन्छ, लाखौँ मान्छे सडकमा आउँछन् त्यसपछि ओली सरकार ढल्छ अनि प्रधानमन्त्री बन्ने पालो मेरो आउँछ भन्दै आन्दोलनमा सक्रियरुपमा सहभागि हुन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए । विरोध प्रदर्शन भयो । घुसपैठ गरेर सरकारी संरचनालाई ध्वस्त बनाईयो तर दाहाल प्रधानमन्त्री हुन पाएनन् उनले रास्वपालाई रविलाई बाहिर निकाल्ने आश्वासन पनि आश्वासनमै सिमित भयो भने अहिले मैले नै कार्कीलाई प्रधानमन्त्री बनाएको हुँ भन्नुको अर्थ के ?


































