सभामुख सापकोटालाई बनेपामा देखाइयो कालो झण्डा
वि.सं.२०७८ माघ १८ मंगलवार २०:१२
shares

सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा उनलाई अनेरास्ववियु काभ्रेले बनेपामा कालो झण्डा देखाएको हो ।सोमबार साँझ मसाल जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।

एमालेको विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको सन्दर्भमा उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।यसअघि मंगलबार बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।






































