सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतसँग दार्चुलामा महाकालीमाथि पुल बनाउन सम्झौता

884
shares

सुदूरपश्चिमको दार्चुला र भारतलाई जोड्न महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ।मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सचिव श्रेष्ठका अनुसार पुल बनाउने सबै जिम्मा भारतीय पक्षको हो। भारतले अनुदानमा पुल बनाइदिन लागेको हो।‘हाम्रो तर्फबाट जग्गा उपलब्ध गराइदिने, रूख कटान गर्नुपर्ने भए त्यसको व्यवस्था गरिदिने, पुल निर्माणमा आउने भारतीय कामदार र सामानलाई सहज बनाउने कुरामात्रै छ,’ सचिव श्रेष्ठले सेतोपाटीसँग भने,‘लगानीदेखि ठेक्कापट्टासम्मको काम सबै भारतीय पक्षले नै गर्छ।’भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको श्रेष्ठले बताए।

‘उहाँहरूले त्यसको डिजाइन, डिपिआर केही समयमै हामीसँग सेयर गर्नुहुन्छ,’ सचिव श्रेष्ठले भने,‘उहाँहरूले नै लगानी गर्ने भएकाले अहिले ठेक्कापट्टाको काम उहाँहरू नै गर्नुहुन्छ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरपालिका-८ असिगडामा पुल बन्न लागेको जानकारी दिए।उक्त पुलले असिगडा र भारतको छारछुङलाई जोड्ने छ।‘अहिले दार्चुला र धार्चुला जोड्ने झोलुंगे पुल छ। मोटरेबल पुल बन्न लागेको ठाउँ सदरमुकामदेखि ८-१० किलोमिटर टाढा छ,’ प्रजिअ उपाध्यायले भने,‘धेरै ठाउँ हेरेपछि त्यहाँ पुल बनाउने निधो भएको हो।’

पुल निर्माण कहिलेदेखि सुरू हुन्छ भन्नेबारे यही साता भारतको पिथौरागढका अधिकारीहरूसँग हुने वार्तामा कुरा हुने उपाध्यायले बताए।काठमाडौंस्थित भारतीय दूतावासले पुल निर्माणको काम चाँडै सुरू हुने बताएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports