सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज फेरी घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढयो

1.27K
shares

आज फेरि सुनको मूल्य घटेको छ। गएका तीन दिनसम्म लगातार घटेर हिजो थोरै बढेको सुनको मूल्य आज फेरि तोलामा एक हजार रुपैयाँ घटेको हो।

मूल्य घटेर सुन आज तोलाको दुईलाख ५१ हजार नौसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो तोलामा सातसय रुपैयाँ बढेर सुनको मूल्य दुई लाख ५२ हजार नौसय रुपैयाँ कायम भएको थियो।गएको बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य लगातार घटेको थियो।

आइतबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ घटेको थियो भने बिहीबार आठसय र शुक्रबार नौसय रुपैयाँ घटेको थियो।गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको मूल्य भने बढेको छ। प्रतितोला १५ रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको तीन हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports