सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेले आफ्नो महाधिवेशनमा १६ वटा दललाई पठायो निम्तो

2.07K
shares

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो ।

अतिथि सत्कार समितिकी सदस्य सुनिता बराल महाधिवेशन नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरिएको छ । रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्तो गरिएको छ ।

बरालका अनुसार, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई निम्तो गरिएको छ ।महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन भएका छन् । मूल आयोजक समितिबाहेक व्यवस्थापनको हिसाबले विभिन्न उपसमितिहरूले आ–आफ्नो काम गरिरहेका छन् ।मूलतः मञ्च व्यवस्थापन समिति, अतिथि सत्कार समिति, आवास र स्वयंसेवक व्यवस्थापन लगायतका समितिहरूले आ–आफ्नो ढंगले काम गरिरहेका छन् । प्रचार समितिले पनि आफ्नो काम गरिरहेको छ । महाधिवेशन विशेष लोगो र जिंगल सार्वजनिक गर्ने लगायतका कामहरू भएका छन् ।

यस अन्तर्गत अतिथि सत्कार समितिले महाधिवेशनमा क-कसलाई निम्तो गर्ने भन्ने तय गरेर त्यसअनुसार आमन्त्रण पत्र पठाइएको छ ।उनी भन्छिन्, ‘नेपालका राष्ट्रिय दलहरू र विशेष गरी कम्युनिस्ट विचारधारा बोकेका दलहरूलाई निमन्त्रणा दिएका छौँ। यो क्रम जारी छ ।’उनका अनुसार विदेशमा रहेका र निम्तो गर्नुपर्ने व्यक्तिहरूलाई भौतिक रूपमा भेटेर नभई शुभकामना सन्देश माग्ने हिसाबले सबैलाई निमन्त्रणा पठाइसकिको छ । नेपालमा रहेका विदेशी नियोगहरूलाई पनि निमन्त्रणा पठाइएको छ र उनीहरूलाई सम्भव भएसम्म उपस्थितिका लागि अनुरोध गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports