सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा र राप्रपा नेपाल पार्टी एकताको नजिक

975
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल पार्टी एकताको नजिक पुगेका छन् । दुवै दलका शीर्ष नेताहरूबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।

त्यसको जानकारी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममार्फत नै दिएका छन् ।पार्टी आबद्ध काठमाडौं जिल्लास्तरीय जेन्जी फ्रण्टको भेलालाई सम्बोधनको क्रममा थापाले केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने बताए ।उनले भने, ‘सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो ।’थापाले जेन्जीहरूको अधुरो सपना पूरा गर्न बलियो राष्ट्रवादी शक्ति निर्माणमा जोड दिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपालसँग छिट्टै एकता सहमति हुने सम्भावना रहेको बताए ।उनले अरू राष्ट्रवादी शक्तिहरूलाई पनि एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।‘सबै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध बनाउने प्रयास स्वरूप पार्टीको वार्ता टोलीले संवाद गरिरहेको छ । त्यसमध्ये कमल थापा नेतृत्वको पार्टीसँग छिटै सहमति हुने सम्भावना छ,’ राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘केशरबहादुर विष्ट, दुर्गा प्रसाईं लगायत अन्य शक्तिहरूलाई पनि राजतन्त्रको पक्षमा एकै ठाउँमा ल्याउने गरी प्रयास भइरहेको छ ।’

राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि कमल थापा पार्टीबाट अलग भएर राप्रपा नेपाल व्युँताएका थिए । तर राजावादीहरुको दबाब र जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिपछि उनीहरूबीच निकटता बढेको छ ।एकता प्रयासका लागि गत २५ कात्तिकमा लिङ्देन र थापाबीच धुम्बाराहीको एक होटलमा एक्लाएक्लै वार्ता भएको थियो । त्यसको एक साता अघि थापाले औपचारिक रूपमै एकता प्रस्ताव गरेका थिए ।त्यसपछि पनि दुई पार्टीबिच विभिन्न तहमा एकताबारे छलफल भइरहेको र त्यो सकारात्मक रहेको राप्रपाका एक नेताले बताए । ‘पार्टीको नाम, चुनाव चिह्न, विधान सबै राप्रपाकै रहने गरी छलफल भइरहेको छ,’ राप्रपा उच्च स्रोतले भन्यो, ‘छलफल एकदमै सकारात्मक छ ।’

हाल लिङ्देन नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई र कमल थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिह्न तीर छ ।‘थापा राप्रपाको नाम र चुनाव चिह्न स्वीकार्न तयार भएपछि एकता वार्ता सकारात्मक भयो,’ स्रोतले भन्यो । तर नेतृत्वको विषय भने टुंगिन बाँकी रहेको एक नेताले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports