linktrix Long Ad
Salt Trading Long Ad

नवनियुत्त ४ मन्त्रीले आज लिए शपथ

2.24K
shares

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।

प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ४ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् नवनियुक्त मन्त्रीहरूलाई पौडेलले शपथ समेत गराएका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्री माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई पौडेलले शपथ गराएका हुन् ।अनिल सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी

कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।मन्त्रिपरिषद् विस्तारको क्रममा सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी भने नयाँ बनेका मन्त्री इङ्नामलाई दिइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports