२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको नेतृत्वको लागि आज मतदान हुँदै

3.76K
shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा (एमाले)को ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ । यसअघि हिजो राति ८ बजेबाट सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदान बुधबारका लागि सारिएको हो ।

निर्वाचन तालिका अनुसार आज बिहान ८ बजेबाट मतदान सुरु हुने बताइएको छ ।एक अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पाँच उपाध्यक्षका लागि ११ जना, एक महासचिवका लागि २, तीन उपहासचिवका लागि ७, नौ सचिवका लागि २० जना उम्मेदवार रहेका छन् ।दुवै नेता प्यानलसहित चुनावी मैदानमा छन् ।

संस्थापन पक्ष (ओली पक्ष)बाट उपाध्यक्षका लागि विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्बीसुब्बा गुरुङ र रघुजी पन्त उम्मेदवार छन् ।त्यस्तै, संस्थापन पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दिएका छन् ।त्यसैगरी, सचिवमा पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, अरुण नेपाल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंक कार्की उम्मेदवार छन् ।त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेलले उम्मेदवारी दिएका छन् । सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल, कृष्णगोपाल श्रेष्ठ, इन्द्रलाल सापकोटा र अग्नि खरेलको उम्मेदवारी रहेको छ ।

यस्तै, एमाले नेतृ पेम्बा लामा र नेता लालबाबु पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ ।कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports