नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हाम्रो बालापन नेपालद्वारा शैक्षिक सामाग्री तथा शिक्षकलाई तालिम प्रदान

2.16K
shares

 

काठमाडौ । हाम्रो बालापान नेपालले धनगढीको धनगढी मोडल टेक्निकल माध्यामिक विद्यालयमा गत मंसिर २८ गतेका दिन शैक्षिक सामाग्री वितरण तथा तालिम सम्पन्न गरेको छ ।
सो विद्यालयमा अध्यापन गराउने २१ जना शिक्षक र अभिभावकलाई प्रशिक्षक प्रियंका भट्टले शैक्षिक सामाग्री हस्तान्तरण गर्दै प्रशिक्षण समेत दिएकी हुन् ।
हाम्रो बालापान नेपालले शिक्षण सिकाईको क्षेत्रमा परिवर्तन ल्याउने उदेश्यसहित देशभरका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण तथा अभिभावक र शिक्षिकलाई तालिम दिँदै आएको छ ।
परम्परागत शैलीमा नै शिक्षण सिकाई हुँदै आइरहेको अवस्थामा हाम्रो बालापन नेपालले ‘खेल्दै सिक्दै’ भन्ने नारालाई आत्मसाथ गरिरहेको छ ।
‘खेल्दै सिक्दै’ भनेको के हो ?
प्रारम्भिक वाल्यावस्था भन्नाले गर्भावस्था देखि ८ वर्ष सम्मको अवस्था हो । यो मानव जीवनको सबैभन्दा महत्वपूर्ण समयको रुपमा हेरिन्छ । स्नायु विज्ञान सम्बन्धी भएको विभिन्न अनुसन्धान अनुसार जीवनको सुरुवाती वर्षमा मस्तिष्कको विकास सबैभन्दा तीव्र गतिमा हुने भएकाले वालवालिकाको वृद्धि र विकासका लागि प्रारम्भिक वाल्यावस्था अति नै महत्वपूर्ण रहेको हुन्छ ।
युनिसेफ (२०१६) ले प्रकाशित गरेको प्रतिवेदन अनुसार तीन वर्षको उमेरमा एउटा शिशुको मस्तिष्क वयस्कको मस्तिष्क भन्दा दुई गुणा बढी क्रियाशिल हुन्छ भने न्यूरोनहरुले ७०० देखि १००० प्रति सेकेण्डका दरमा नयाँ सम्पर्क स्थापित गरिरहेका हुन्छन् । यसले वालवालिकाको शारिरीक र मानसिक स्वास्थ्य, वालवालिकाहरुको जीवन भरीको सिकाई र परिवर्तन अनुकुल हुने क्षमताको साथै मनोवैज्ञानिक प्रतिरोध क्षमता निर्धारण गर्दछ ।
मानव जीवनका लागि मष्तिष्कको ठूलो महत्व छ जिवनभरीका लागि आवश्यक पर्ने सिकाईका लागि वृद्धि र विकासका लागि मस्तिष्कको विकासले ठूलो महत्व राख्दछ, त्यसैले यो अवस्था अर्थात गर्भावस्था देखि ८ वर्ष सम्मको अवस्था यो अर्थमा पनि निकै महत्वपूर्ण समय हो ।
मस्तिष्क विकासका लागि पहिलो तीन वर्षमा पाउने अवसर पहिलो पाँच वर्षमा पाउने अवसर र आठ वर्षमा पाउने अवसरले निर्धारण गर्छ कि एउटा शिशु भविष्यमा कस्तो बन्दछ शैक्षिक रुपमा कस्तो बन्ने, भावनात्मक रुपमा सामाजिक रुपमा र शारिरीक स्वास्थ्य कस्तो बन्दछ भन्ने निर्धारण गर्दछ । यो उमेरलाई मानव जीवनको जग बसाल्ने उमेर पनि भनिन्छ ।
प्राकृतिक रुपमा पनि यो उमेर समुह भनेको खेल्न मन पराउने उमेर हो घोकेर लेखेर होइन खेलेर सिक्ने उमेर हो । खेल्न पाउँदा रमाउँछन् पनि विभिन्न प्रकारका खेल विधिवाट सिक्न पाउँदा रमाएर सिक्छन् । यो उमेरका वालवालिकाहरुलाई सिकाउँदा गराइने हरेक कृयाकलापमा वालवालिकाको शारीरिक पक्ष, वौद्धिक पक्ष, सामाजिक पक्ष र भावनात्मक पक्षको विकासलाई समेट्नु अति आवश्यक छ, जसलाई सर्वाङगीण विकास भनिन्छ ।
कक्षाकोठामा वालवालिकालाई सर्वाङगीण विकास हुने कृयाकलापमा सहभागी हुने अवसर दिनु विद्यालयको शिक्षकको र अभिभावकको ठूलो जिम्मेवारी हो । बोर्डमा लेखेको कुरा घोकेर र कपिमा सारेर वालवालिकाको सर्वाङगीण विकास सम्भव हुँदैन, सर्वाङगीण विकास हुनका लागि वालवालिकालाई खेल विधिबाट सिकाउन आवश्यक छ । खेल खेल्दा वालवालिकाहरु बिगार्दै, भत्काउँदै अनि आपैm मिलाउँदै, रमाउँदै सिकिरहेका हुन्छन्, त्यसबाट वालवालिकाहरुको समस्या समाधान गर्ने क्षमताको विकास र सृजनशिलताको विकास हुन्छ, जसबाट वालवालिकाको बौद्धिक विकास हुन्छ ।
हाम्रो बालापन नेपाल बारे
हाम्रो बालपन नेपाल राष्ट्रिय जिल्ला र सामुदायिकस्तरमा प्रारम्भिक बाल विकासको क्षेत्रमा काम गर्न स्थापित संस्था हो । यो एक गैर–सरकारी संस्थाको रूपमा दर्ता गरिएको छ, जसले ईसिडि र आधारभूत तह (कक्षा १ देखि ३) मा बालमैत्रीः चंचल, आनन्ददायी सिकाइ वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ ।
सरकारी र समुदायमा आधारित विद्यालयहरूमा विशेष जोड दिइने साना बालबालिकाहरू । यसले कम आर्थिक स्थितिका कारण वञ्चित बालबालिकाको हृदय र दिमागमा पुग्ने लक्ष्य राखेको छ । हाम्रो बालपन नेपाल बालबालिकाको विकासको लागि उपयुक्त अभ्यास र सबै बालबालिकाको समग्र विकास (शारीरिक, भावनात्मक, संज्ञानात्मक र सामाजिक) को अधिकारमा विश्वास गर्ने कुरामा प्रतिबद्ध छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports