माइतीघर बाट मिराज ढुगानाको उदघोष सुशीला कार्की, घोकेबाज हुन राजिनामा दिनुहोस
वि.सं.२०८२ पुस ९ बुधवार १४:५३
shares

संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्म मारेको आरोप लगाएका छन् ।
कार्की असफल भएको र देशलाई निकास दिन अब सर्वपक्षीय सरकार जरुरी रहेको उनको भनाइ छ ।दोस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार माइतीघरमा भएको जेनजी आन्दोलनमा सम्बोधन गर्दै ढुंगानाले सुशीलाको नाम सम्झिँदा पनि रिस उठ्न थालेको बताए ।
‘प्रधानमन्त्रीलाई भेटेर आमा यसो गरौं भनेर भनें, जवाफ आयो– हुँदैन, हुँदैन । उसो भए केका लागि आयौ तिमी ? किन जल्यो सिंहदरबार ? फ्रस्टेसनले होइन ?’ ढुंगानाले भने, ‘तपाईंले जेनजीको मर्मलाई मार्नुभयो, गुमराहमा राख्नुभयो । तपाईं धोकेबाज हो, कामचोर हो । सम्झिँदा पनि रिस उठ्छ ।’
ढुंगानाले सुशीलाबाट निकास सम्भव छैन भन्ने कुरा स्थापित भइसकेको बताए । ‘तपाईंले सक्नुहुन्न । छाड्दिनुस्, हामी बनाउँछौं सर्वपक्षीय सरकार । जुन सरकारले देशलाई निकास दिन्छ ।’
सर्वपक्षीय सरकारको माग गर्दै जेनजीका विभिन्न समूहले सोमबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।त्यहीँ डा. निकोलन भुसाल सुशीला कार्कीको राजीनामा माग गर्दै अनसनमा बसेका छन् ।



































