सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ : प्रधानमन्त्री कार्की

1.09K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् ।

बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् ।अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् ।

‘निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरुमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहीँ नहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले आफूहरू अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको बताइन् ।

‘हामी अचानो जस्तो पो रहेछौं । राजनीतिक दलले पनि गाली गर्छ । मारले गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेन—जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ,’ प्रधानमन्त्री कार्कीको गुनासो छ, ‘छोडौं भने के छोडौं, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिंड्ने न रहेछ, के गर्‍यौ भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौं । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports