विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा

3.04K
shares

काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरेको हो ।यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको अध्यागमन विभागले मुलुकभित्र परिवर्तित घटनाक्रमका कारण १ जनवरीदेखि अनिवार्य गरेको हो ।

विभागका अनुसार यस्तो प्रणाली दुई चरणमा अनिवार्य गर्न लागिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा अनिवार्य लागु गरिएको छ ।दोस्रो चरणमा भने १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशैभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्जमा लागु गरिने छ ।यसैगरी सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गरिने विभागले जनाएको छ । विभागले विकास गरेको प्रणालीमा अनिवार्य आबद्ध हुने विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक एवं निजी कम्पनीलाई अनुरोध समेत गरिएको छ ।

अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली विकास गरेको जनाएको छ ।यस प्रणाली कार्यान्वयन मार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको अभिलेख व्यवस्थित हुने भएको छ । यसले आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा सुनिश्चितता गर्न सहज हुने विश्वास लिइएको छ ।

त्यस्तै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायबीच सूचना आदान–प्रदान प्रक्रिया प्रभावकारी हुने र पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने जनाइएको छ । विभागले आफ्नो वेबसाइटमा यो प्रणालीमा आबद्ध हुने तरिकाबारे समेत जानकारी गराएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports