linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले भन्यो : यि दुई अबस्थामा मात्र समानुपातिकका उम्मेदवारको नाम परिवर्तन गर्न मिल्छ

2.12K
shares

काठमाडौँ । फागुन २१ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस १३ र १४ गते दलहरूले बुझाएको बन्दसूचीको नाम दुई वटा अवस्थामा परिवर्तन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तयारीबारे शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न मिल्ने नमिल्नेबारे व्यापक चासो रहेको भन्दै दुई वटा अवस्थामा मात्र नाम परिवर्तन गर्न मिल्ने बताएका हुन् ।‘बन्दसुचि परिवर्तन हुन्छ हुँदैन, नाम फेर्न पाइन्छ पाइँदैन भन्ने कुरामा आम जिज्ञासा रहेको पाइन्छ । नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा’, प्रवक्ता भट्टराईले भने, ‘एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’

पुस २८ गते सम्बन्धित उम्मेदवारले नाम फिर्ता लिन चाहनेलाई समय दिएको बताएको छ । ‘नाम फिर्ता लिएको अवस्थामा आयोगले सम्बन्धित दललाई सूचना गर्नेछ जसले त्यो ठाउँमा अर्को व्यक्ति दलले पठाउन पाउनेछन्’, भट्टराईले भने, ‘बन्दसूचीको प्रारम्भिक नामावली माघ ४ गते सार्वजनिक गर्नेछौ भने अन्तिम नामावली माघ २० गते प्रकाशित गरिनेछ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports