सरकारले निर्वाचनको वातावरण नै बनाएन , राजनीतिक दलसँग जोडिएका मन्त्रीहरूलाई त्तकाल वर्खास्त गर्नु पर्दछ : एमाले नेता महासेठ
वि.सं.२०८२ पुस २० आइतवार १४:५३
shares

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।
आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरू आफ्नो नैतिकता विपरीत राजनीतिक क्रियाकलापमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका हुन् ।पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरूले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्ने उनले बताए । महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप समेत लगाए ।
सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचन हुने वातावरण बने एमाले नभाग्ने स्पष्ट पारे ।उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हजारौँ हतियार र भागेका कैदीहरु फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चुनाव हुनेमा आशङ्का रहेको धारणा राखे ।





































