तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समीक्षा बास्कोटा र रञ्जु दर्शना सहित यी पाँच जना रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत

1.27K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् ।

उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए ।बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष थिइन् भने दर्शना महासचिव थिइन् । उनीहरू निशर्त रास्वपामा प्रवेश गरेका थिए ।१३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबीच एकता भएको थियो ।

२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो ।२०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports