खानेपानी मन्त्रालयको जिम्मेवारी भण्डारीबाट खोसियो, जिम्मेवारी कृषि मन्त्रि परियारले
वि.सं.२०८२ पुस २० आइतवार १७:०८
shares

काठमाडौं । खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारलाई दिइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्री परियारलाई मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।
यसअघि सो मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएका थिए ।
































