आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले भिसा आवेदन दिदा धरौटी राख्नु पर्ने सूचीमा नेपाललाई पनि समावेश गर्यो

143
shares

काठमाडौँ । अमेरिकाले हालैका वर्षमा भिसासम्बनधी नियममा व्यापक कडाइ गर्दै आइरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने देशको संख्या बढाएर तेब्बर बनाएको छ । पछिल्लो पटक थपिएका देशको सूचीमा नेपालको पनि नाम समावेश छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार अब नेपाली नागरिकले पनि अमेरिकाको पर्यटक वा व्यावसायिक (बी–१ र बी–२) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको छ ।

यो नियम जनवरी २१ देखि लागु हुने भनिएको छ ।भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । यस्तो धरौटीको न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलरदेखि अधिकतम् १५ हजार अमेरिकी डलर हुनेछ । यो रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल पे डट गभ मार्फत सीधै जम्मा गर्नुपर्नेछ । कुनै पनि तेस्रो पक्ष वा एजेन्टलाई यस्तो रकम नबुझाउन मन्त्रालयले सर्तक गराएको छ ।

भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले आफू खुसी जुनसुकै विमानस्थल प्रयोग गर्न पाउने छैनन् । न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डीसीस्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिका छिर्न र बाहिरिन पाइनेछ ।यीबाहेक अन्य विमानस्थल प्रयोग गरेमा धरौटी रकम जफत हुने र भविष्यमा प्रवेशमा रोक लाग्न सक्ने चेतावनी अमेरिकी विदेश मन्त्रालयले दिएको छ ।

यसरी धरौटीस्वरुप राखिएको रकम पूर्ण रूपमा फिर्ता गरिनेछ । तर त्यसका लागि आवेदकले कैयौं सर्त पूरा गर्नुपर्नेछ । तोकिएको समयभित्रै अमेरिका छोडेमा, भिसाको सर्त उल्लंघन नगरेमा, तोकिएको ३ वटा विमानस्थलबाट बाहिरिएको रेकर्ड देखिएमा मात्र धरौटी रकम फिर्ता हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । भिसाको म्याद नाघेपछि पनि अमेरिकामा बस्ने वा त्यहाँ पुगेर शरणार्थी हैसियतका लागि दाबी गर्नेको ‍धरौटी रकम जफत हुने नियम छ ।

अमेरिका पुगेपछि समयमै आफ्नो देश नफकर्ने नागरिक धेरै भएका देशहरूलाई लक्षित गरी यो ‘पाइलट प्रोग्राम’ ल्याइएको अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।नेपालसँगै यो सूचीमा बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएलालगायत ३८ देशहरू छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports