बालेन साह हाउगुजी मात्र रहेछन् : रास्वपाका नेताहरु
वि.सं.२०८२ पुस २४ बिहीवार ११:५४
shares

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुस २० गते एकै दिनमा ३३ जना केन्द्रीय सदस्यहरु थपेपछि रास्वपाभित्र निराशा छाएको छ । बालेन साह पक्षीय २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो भने बालेन साहलाई रास्वपाको वरिष्ठ नेता बनाइएको थियो । साहले केन्द्रीय सदस्य बनाउन दिएका व्यक्तिहरुको नाम हेरेपछि रास्वपाका कार्यकर्ता जिल्लीएका छन् ।
रास्वपाले विवेकशिल साझाबाट ७ जना र त्यसपछि बालेन साहपक्षबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको थियो । रास्वपाका नेताहरुका अनुसार विवेकसिशलका मनोनित भएका व्यक्तिहरु तुलनात्मक रुपमा ठीकै थिए समिक्षा बास्कोटा र रञ्जु दर्शनाले राजनीतिक हैसियत बनाइसकेका नेताहरुमा पर्दछन् भने बालेन साहका तर्फबाट थपिएकाहरुको नामावली सुनेर रास्वपाका नेताहरु नै मन अमिलो बनाएका छन ।
साह पक्षबाट थपिएका व्यक्तिहरु बलियो राजनीतिक हैसियत, प्रोफाइल वा बौद्धिक छवि भएका एक जना पनि नरहेको पाइएको छ । बालेनसँग राम्रो सम्बन्ध भएका र खानपिन गर्नेहरु नै केन्द्रीय सदस्यमा मनोनित भएका छन् । ७ जना जेनजीहरुलाई समेत केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
रास्वपाको केन्द्रीय सदस्य रहेकी एक नेतृत्वले भन्दै थिइन् बालेनसँग गतिला मान्छे नै रहेनछन् । केन्द्रीय समितिमा मनोनित गरिएका व्यक्तिहरुको नाम सुनेर उदेक लाग्यो । उनी भन्दै थिइन् अधिकांश वडा सदस्यमा पनि जित्ने हैसियतका मान्छे छैनन् पार्टीका अर्का नेता भन्दै थिए बालेनको हविगत देखेर आफूँलाई आश्चर्य लाग्यो । बालेनले रास्वपामा गज्जबका मान्छे भित्र्याउनु होला भन्ने आशा थियो तर केन्द्रीय सदस्यहरुको नाम हेरेपछि छक्कै परियो । बालेन साह न नाम मात्रको हाउगुजी मात्र रहेछन् वहासँग राजनीति व्यक्ति नै रहेनछन् भन्दै ती नेताले पार्टी नेतृत्वप्रति गुनासो पोखेका थिए ।
वालेन साहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको भएपनि उनको पक्षमा नेताहरु नभएकाले रास्वपाभित्र पनि खैलाबैला भएको छ । निर्वाचनमा दुई तिहाई मत ल्याउने रास्वपाको भनाईमा अब ब्रेक लागेको रास्वपाकै नेताहरुले बताएका छन् ।

































