तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिए

923
shares

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार बेलुकी ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।

उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए।केही समययता आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी अघि बढाएका घिसिङले यही पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका थिए। एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भएका छन्।

उनको पार्टीबाट रास्वपाले १४ जनाको नाम समानुपातिक सूचीमा समेटेको छ।घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपभापति भएपछि सरकार छाड्न दबाब बढेको थियो। गैरदलीय सरकारमा घिसिङको उपस्थितिले सरकार एउटा दलको भएको सन्देश गएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार छाडिदिन आग्रह गरेकी थिइन्।तर घिसिङले पुस २२ गते एक कार्यक्रममा आफू कुनै पनि पार्टीको सदस्य नभएको टिप्पणी गरेका थिए।

रास्वपाको उपसभापति बन्ने गरी सहमतिमा हस्ताक्षर भइसकेपछि कुनै पार्टीको सदस्य नरहेको भनेर घिसिङले दिएको अभिव्यक्तिको आलोचना भएको थियो।फागुन २१ गतेका लागि हुने निर्वाचनमा घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन्।उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भदौ ३० गते मन्त्री नियुक्त भएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports