आशिका तामाङले पनि गरिन उम्मेदवारीको घोषणा
वि.सं.२०८२ पुस २६ शनिवार ०८:५७
shares

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आशिका तामाङले उमेदवारी दिने घोषणा गरेकी छन् । उनले कुनै पनि पार्टीमा आवद्ध नभइ स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेकी हुन् ।
फेसबुक मार्फत गरिएको उमेदवारी घोषणामा तामाङले आफ्नो प्राथमिकतामा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई राखेको बताएकी छन् ।“म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु,“ उनले फेसबुकमा लेखेकी छन् ।




































