सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गर्यो

910
shares

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी)का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ देखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट इच्छुकहरूले आवेदन दिइरहेका छन् ।

दुई दिनमा २७ हजार भन्दाबढी आवेदन सङ्कलन गरिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले  बताए ।नेपाल प्रहरीले यसपटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ । निर्वाचन प्रहरी भर्ना र परिचालन गर्न अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

दरखास्त आह्वान गरेको दोस्रो दिन शनिवार १७ हजारले आवेदन दिएका छन् । माघ १ गतेसम्म निर्वाचन प्रहरीमा भर्ना हुन दरखास्त दिन सकिने छ ।यस पटक सशस्त्रले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ । सशस्त्रले जिल्ला सुरक्षा समिति मार्फत आवेदन लिएर निर्वाचन प्रहरी भर्ना गर्दै छ । सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना लिँदै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports