सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका उम्मेदवार थापा राष्ट्रीयसभा सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा

897
shares

विराटनगर । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रीयसभा सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट अन्य समूहमा थापाको एकल उम्मेदवारी परेको थियो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै आउन पाएनन् ।कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको छ ।

अन्य समूह तर्फ रिक्त एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि निर्विरोध घोषणा गरिएको सूचनामा भनिएको छ,‘एक जना मात्र उम्मेदवार कायम हुन आएकाले देहायका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु।’निर्वाचित थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाबाट राजनीति गरेका थापा राप्रपाको राजनीति कमजोर भएपछि कांग्रेसमा प्रवेश गरेका थिए ।

कोशीमा महिला तर्फ कांग्रेस एमाले गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने उम्मेदवार छिन् । दलित तर्फ कांग्रेस एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबाट दलिततर्फ खेमराज सुन्दास उम्मेदवार छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports