सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खानेपानी समितिमा दलिय निर्वाचन एमाले विरूद्ध रास्वपा, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीको प्यानल एमालेद्वारा पराजित

858
shares

बुटवल । बुटवलको देवसिद्ध खानेपानीमा नेकपा एमालेविरुद्ध सबै दलको गठबन्धन पराजित भएको छ ।

आइतबार संस्थाको १४ औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट डम्मरबहादुर थापाको नेतृत्वविरुद्ध कांग्रेस, रास्वपा, नेकपासहितका सबै दलको गठबन्धन तयार भएको एमाले बुटवलका नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिए । उनका अनुसार सबै दलको गठबन्धन हुँदा पनि सबै पदहरूमा एमालेको तर्फबाट उठाइएका उम्मेदवारहरू विजयी भएका हुन् ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा कल्पना पाण्डे मगर, सचिवमा माया बेल्बासे, सहसचिव लक्ष्मी भुसाल, कोषाध्यक्ष राजकुमार श्रेष्ठ र सेक्टर संयोजकहरूमा दिलबहादुर थापा, ओमबहादुर पुन, रामलाल भुसाल, कृष्ण सोमाई मगर,सीता थापा निर्वाचित भएका छन् । त्यसैगरी खुला महिला सदस्यहरूमा गीता पन्थी, बालकुमारी घिमिरे,निर्मला थापा, लेखा परीक्षण संयोजकमा गोरखबहादुर रोका र सदस्यहरूमा युवराज खनाल, नारायण न्यौपाने, अनुगमन संयोजक वेदप्रसाद पौडेल र सदस्यहरूमा वामदेव पौडेल, गङ्गा ज्ञवाली निर्वाचित भएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष कल्पना पाँडेमगरले पनि सामाजिक संस्थामा राजनीतिक प्यानल नबनाउने भनिएपनि सबै दलका समर्थकहरूले टीम बनाएर चुनाव गर्नुपरेको र जितेका सबै एमालेको टिमबाट भएको स्वीकार गरिन् । ‘एमालेबाहेक सबैको गठबन्धन थियो, तर नतिजा उहाँहरूले चाहेजस्तो आएन सबै एमालेमा रहेकाहरू मात्रै आयौँ तर जितेपछि यस्ता संस्थाहरूमा कुनै पार्टी विशेष भन्ने हुँदैन, जनताको काम गर्ने हो, सेवा गर्ने हो, जित्न नसक्नेहरूले पनि निराश हुने होइन, सबै मिलेर काम गर्ने हो’ उनले भनिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports