सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्रम्पले आफैलाई घोषणा गरे भेनेजुएलाको कार्यबहाक राष्ट्रपति

832
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै नयाँ सनसनी फैलाएका छन् । यससँग सम्बन्धित एउटा तस्बिर पनि उनले सेयर गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरेका हुन् ।ट्रुथ सोसलमा सेयर गरिएको पोस्टमा भेनेजुएलाको हालैको घटनाक्रमपछि ट्रम्पलाई कार्यवाहक राष्ट्रपतिका रूपमा देखाइएको डिजिटल रूपमा सम्पादित एउटा तस्बिर देखिन्छ ।

ट्रम्पले यसअघि भेनेजुएलामा सैन्य कारबाही गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी विश्वभर हलचल मच्चाएका थिए ।अमेरिका आफ्ना तेल कम्पनीले भेनेजुएलामा लगानी गरून् भन्ने चाहन्छ । त्यहाँको तेल उत्पादन र पूर्वाधारलाई पुनः खडा गरियोस् भन्ने अमेरिका चाहन्छ । भेनेजुएलाको तेलको विश्वव्यापी बिक्रीमा अमेरिकाको पकड कायम रहोस् भन्ने उसले चाहेको छ । ट्रम्प प्रशासनले यसलाई आर्थिक पुनर्निर्माणको बाटोका रूपमा प्रस्तुत गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports