देउवा निवासमा शेखर कोइराला सहितका नेताहरूबीच छलफल
वि.सं.२०८२ पुस २८ सोमवार १६:५०
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी हुन नेता शेखर कोइराला पनि देउवा निवास महाराजगञ्ज पुगेका छन् ।
देउवाले विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा आफू पक्षका नेताहरूलाई छलफलमा बोलाएका हुन् । कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पनि महाराजगञ्ज पुगेका छन् ।
भृकुटीमण्डपमा विशेष पक्षधर महाधिवेशन चलिरहँदा देउवाले रणनीति तयका लागि छलफल बोलाएका हुन् ।





































