नयाँ नेतृत्वको माग गर्दै कांग्रेसको विशेष महाधिवेशनमा नाराबाजि
वि.सं.२०८२ पुस २९ मंगलवार १४:३७
shares

काठमाडौं । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी थालेका छन् । विशेष महाधिवेशन पक्षधरका प्रतिनिधिहरुले झूटो वार्ता नमान्ने भन्दै नाराबाजी गरेका हुन् ।
उनीहरूले शेरबहादुर देउवाको नेतृत्व फेरेर गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा ल्याउन माग गरिरहेका छन् । निर्वाचन आयोगले पनि नयाँ नेतृत्व चयनका लागि तालिका सार्वजनिक गरिसकेको छ ।



































