यी ३ एजेन्डाले अड्कियो कांग्रेस एकताको हलो
वि.सं.२०८२ पुस २९ मंगलवार १४:३९
shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको वार्ता मुख्य ३ एजेन्डामा अड्किएको छ । विशेष महाधिवेशन स्वामित्व लिने, वैशाखमा महाधिवेशनको सुनिश्चितता गर्नेलगायतका विषयमा संस्थान पक्ष लचिलो भएको छ ।
तर, आगामी चुनावमा ४० प्रतिशत टिकट (१६५ निर्वाचन क्षेत्रमा ६६), टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर हटाउने र महामन्त्री गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जाने प्रस्तावमा संस्थापनले अस्वीकार गरेको छ ।
वार्तामा जुटेका एक नेताले भने, ‘टिकटको विषयमा त लचक नै छौँ । तर, सभापतिको हस्ताक्षर हटाउने र महामन्त्रीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने नयाँ सर्तको कारणले सहमतिको वातावरण बनेको छैन । प्रयास हुँदैछ ।’



































