कांग्रेसलाई ग्राण्ड डिजाइन गरेर बिभाजन गराइएको छ : एमाले सचिव बस्नेत
वि.सं.२०८२ माघ १ बिहीवार १२:५४
shares

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमाले विभाजन गर्ने प्रयास असफल भएपछि काँग्रेस विभाजन गराइएको बताएका छन् ।
प्रतिपक्षी दल फुट्दा एमालेलाई सहज भएपनि लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनका लागि दुखद रहेको बताएका हुन् ।उनले भने, ‘एमाले विभाजन गर्न चाहना पूरा नभएपछि कांग्रेस विभाजन गराइएको छ। प्रमुख प्रतिस्पर्धी दल फुटेको कारणले हामीलाई धेरै सजिलो भएको छ। तर हामी खुसी छैनौँ। यो ग्राण्ड डिजाइनबाट विभाजन गराइएको हो। कांग्रेसको विभाजन नेपालको लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनमा दुखद छ।’




































