सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी मुभमेन्टले भन्यो, रविलाई उन्मुक्ति दिने निर्णय आपत्तिजनक रहेको छ

1.11K
shares

काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएकोप्रति आपत्ति जनाउँदै जेनजी मुभमेन्टले शक्तिको दुरुपयोग भएको आरोप लगाएको छ ।मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै शक्तिको दुरुपयोग गर्ने महान्यायाधिवक्त सविता भण्डारीलाई बर्खास्त गर्न मागसमेत गरेका छन् ।

उनले जेनजी आन्दोलन र शहीदहरुको बलिदानीले बनेको सरकारले नै अपराधीको संरक्षण गरेको आरोप लगाउँदै यो कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको बताएका छन् ।जेन्जी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको आरोप लगाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ ।’

जेन्जी मुभमेन्टले कुनै पनि अपराधीलाई दिइने उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमान भएको बताएको छ । ‘कानून सबैका लागि समान हुनुपर्छ, शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन’, विज्ञप्तिमा भनिएको छ ।जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आह्वान गरेको ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports