२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फागुन २१ मा हुने निर्वाचनको लागि परिचालन गर्ने निर्वाचन प्रहरीको लागि आज अन्तिम दिन आवेदन लिइँदै

2.08K
shares

काठमाडौँ । फागुन २१ मा हुने निर्वाचनको लागि परिचालन गर्ने निर्वाचन प्रहरीको लागि आज अन्तिम दिन आवेदन लिइँदैछ । प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचना अनुसार बिहीबार साँझ ५ बजेसम्म आवेदन लिने भनिए पनि केही जिल्लामा आवेदन समय बिस्तार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र स्याङ्जाले थप दुई दिन आवेदन लिने समय थप गरेर सूचना प्रकाशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार कास्की जिल्लालाई आवश्यक पर्नेभन्दा कम आवेदन परेको हुनाले गृह मन्त्रालयको निर्देशन अनुसार माघ ३ गतेसम्म आवेदन लिने समय थप गरिएको छ ।

त्यस्तै, निर्वाचन प्रहरीमा आवेदन दिने समय २ दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर कमल नेपालीले जानकारी दिए ।प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अहिलेसम्म १ लाख ६० हजारले निर्वाचन प्रहरीमा भर्नाको लागि आवेदन दिएका छन् ।  काफ्लेले भने- ‘आज पनि आवेदन दिने क्रम चलिरहेको छ, हामीले २ लाख बढी आवेदन पर्ने आकलन गरेका छौँ ।’

प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना लिँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports