राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिए
वि.सं.२०८२ माघ ४ आइतवार ११:४६
shares
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको 'सामजवादी यात्राको चुनौतीःभ्रष्टाचार र दण्डहिनता' विषयक प्रवचन गोष्ठीमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल / रासस
काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले आज राजीनामा दिएका हुन् ।राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ ।
श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिंदै थियो । एक महिना अगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय छ । त्यसको दुई दिन अगाडि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।


































