नेपालमा सबैभन्दा धनी १ प्रतिशत व्यक्तिसँग सबैभन्दा गरिब ५० प्रतिशत मानिसको भन्दा ५ सय १९ गुणा धेरै सम्पत्ति रहेको तथ्यांक सार्वजनिक
वि.सं.२०८२ माघ ६ मंगलवार १४:१३
shares

काठमाडौं । नेपालमा सबैभन्दा धनी १ प्रतिशत व्यक्तिसँग सबैभन्दा गरिब ५० प्रतिशत मानिसको भन्दा ५ सय १९ गुणा धेरै सम्पत्ति रहेको तथ्यांक सार्वजनिक भएको छ ।
अक्सफाम इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा धनी र गरिबबीच गम्भीर असमानता छ । नेपालमा गरिब जनसंख्याको हिस्सामा ४.७ प्रतिशतमात्र सम्पत्ति छ भने धनी १ प्रतिशतसँग २४.५ प्रतिशत छ ।नेपालमा सन् २०१९ देखि २०२३ सम्म गम्भीर खाद्य असुरक्षामा रहेका मानिस ४० प्रतिशतले बढेका छन् र हाल करिब ३६.६ प्रतिशत नेपाली खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
‘धनी र बाँकी मानिसहरूबीच बढ्दै गएको खाडलले अत्यन्तै खतरनाक र अस्थिर राजनीतिक वातावरण सिर्जना गरिरहेको छ,’ अक्सफामका कार्यकारी निर्देशक अमिताभ बेहारले भने ।उनले सरकारहरूलाई अतिधनीहरूको शक्ति घटाउन प्रभावकारी कर प्रणाली लागु गर्न, राजनीति र सम्पत्तिबीच बलियो पर्खाल निर्माण गर्न तथा असमानता न्यूनीकरण योजना बनाउन आह्वान गरेका छन् ।


































