गगन थापाले छोडेको काठमाडौं-४ मा कांग्रेसका सचिव तिमल्सिनाले पाए टिकट
वि.सं.२०८२ माघ ६ मंगलवार १४:१६
shares

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सिना उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काठमाडौं-४ कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्र हो । थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही-४ बाट उम्मेदवार हुने भएसँगै यहाँ उनीनिकट तिमिल्सनालाई टिकट दिइएको हो


































