नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जुन जोगी आएपनि कानै चिरेको जस्तै हो रास्वपा

1.81K
shares

 

आउँदो फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा पुराना राजनीतिक दल र केही नयाँ राजनीतिक दलहरुबीचमा नै प्रतिस्पर्धा हुने प्रायः निश्चित जस्तै देखिएको छ । शान्ति सुरक्षाको अवस्था केही फेरिएको भएपनि अहिले नै ढुक्क हुन सक्ने अवस्था देखिएको छैन । गत भाद्र २३ र २४ गते भएको घटनामा जेलबाट भगाइएका वा भागेका कैदीबन्दी र प्रहरीका लुटिएका हात हतियारहरु आजका दिनसम्म पनि प्रहरीले आफ्नो नियन्त्रणमा लिन नसकेको हुनाले निर्वाचन भै हाल्छ भन्ने सकिने अवस्था देखिँदैन । निर्वाचनको दिन आउन करिब एक महिनामात्र बाँकी रहेको बेला राजनीतिक दलहरु समेत ढुक्कले जनतासामु जान सकेका छैनन् । राजनीतिक दलक शिर्ष नेता एवं कार्यकर्ताहरु गाउँ गाउँ टोल टोल पुगेर आफ्नो पक्षमा मत माग्न सक्ने अवस्था अहिलेसम्म सरकारले बनाउन सकेको छैन भने पुराना दलहरुबाट वाक्क भएका जनताले नयाँ भनिएका दलहरुबाट केही आशा गरेका भएपनि नयाँ भनिएका दलहरुले समेत पुराना दलको सिको सिक्दै आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरिरहेका हुनाले जनताले भन्न थालेको जुन जोगी आएपनि कानै चिरेको भनेर ।
नयाँ दलका नेताहरु देश बनाउने भन्दा राजनीतिमा छिरेर आफ्नो स्वार्थ पुरा गर्ने लक्षण अहिले उनीहरुले देखाईरहेका छन् । जान्नेलाई छान्ने नाार सहित करिब तीन वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठुलै परिवर्तन गर्ने भाष्य निर्माण गरी जनतासामू गएको भएपनि ऊ समेत पुराना भन्दा फरक नभएको व्यवहार देखाउन थालेको छ । निर्वाचनमा उम्मेदवार छान्न प्राइमरी इलेक्सन गर्ने भन्दै रास्वपाबाट उम्मेदवार बन्न चाहनेलाई २५ हजार शुल्क सहित आवेदन आह्वान ग¥यो । तर प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दुवैमा प्राइमरी इलेक्सनमा प्रथम भएका व्यक्तिहरुलाई उम्मेदवार बनाइएन । प्राइमरी इलेक्सनमा प्रथम भएका व्यक्तिहरुसँग पैसाका बार्गेनिङ गरियो भन्दै तिनै व्यक्तिहरुले सार्वजनिक रुपमै रास्वपाले ठुलो धनराशीमा टिकट विक्रि गरेको उद्घोष गरेका छन् । उनीहरुका अनुसार रास्वपाले प्राइमरी इलेक्सनको नाममा ठुलो मात्रामा रकम संकलन गरेर आफ्नो स्वार्थ पुरा मात्र गरेन उनीहरुलाई टिकट नै दिएन ।
रास्वपा जनमानसमा भिड्न नपाउँदै रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल पुगे । उनले विभिन्न सहकारीहरुबाट गरिब जनताले राखेका पैसामाथि खेलवडा गरे । बडो चलाखीपूर्ण तवरले उनले सहकारीहरुबाट पैसा लिएका थिए । त्यही कारण उनी जेलमा पुगेका थिए । आफूले सहकारीबाट पैसा नलिएको दाबी गर्दै आएका लामिछानेले आफ्नो बैँक खातामा कहाँबाट कसरी त्यति ठुलो रकम आयो ? आफूलाई थाहा नभएको एउटै कुरा दोहो¥याई रहेर जनतालाई ढाँटिरहेका र तत्कालिन केपी ओली नेतृत्वको सरकारले आफूमाथि प्रतिशोध लिएको भन्दै जनतालाई समेत भ्रममा पार्ने प्रयास गरिरहेका छन् । कुनैबेला महान्यायाधिवक्ता कार्यालयलाई भ्रष्टहरु जोगाउने थलो भन्दै विरोध गर्ने लामिछानेले अहिले महान्यायाधिवक्ता कार्यालयबाटै आफू विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गराउन सफल भएका भएपनि त्यसको चौतर्फी आलोचनापछि सर्बोच्च अदालतले सो निर्णयमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
रवि लामिछाने गृहमन्त्री रहेका बेला उनले गरेका हरेक निर्णयहरु विवादको घेरामा थिए । प्रहरीका उच्च पदमा रहेका व्यक्तिहरुको सरुवा बढुवामा समेत मोल मोलाई हुने गरेको आरोप त्यसैबेला लाग्दै आएको थियो । तिनै सबै आरोपबाट मुक्त हुन उनले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गर्न खोजेका थिए ओलीले कानुनी प्रक्रिया अनुसार नै हुने भनेपछि उनी ओलीका विरुद्ध खनिएका थिए । काठमाडौ महानगराका मेयर बालेन साहलाई प्रयोग गरेर उनी ओलीको राजनीतिक हैसियत समाप्त पार्न अनेक जालझेल गरिरहेका छन् । त्यही कारणले उनले साहलाई झापा ५ बाट उम्मेदवार बनाएर भावी प्रधानमन्त्री घोषणा समेत गरिसकेका भएपनि सो घोषणा लामिछानेको साहलाई प्रयोग गर्ने एक अस्त्रमात्र भएको छ । आफूमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा सुुटुक्क फिर्ता लिइदिन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेर सो कार्य महान्यायाधिवक्ताबाटै गराउने प्रयास स्वरुप उनले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिए पश्चात् महान्यायाधिवक्ता सविता भण्डारीले मुद्दा फिर्ता लिने निर्णय गरेकी भएपनि त्यो मुद्दा सर्बोच्चमा पुगेका र सर्बोच्चले कारण देखाउ आदेश जारी गरिसकेको हुनाले रविलाई ठेस लागेको छ ।
बालेन साहको युवा वर्गमा देखिएको लोकप्रियता र बालेनको महत्वकांक्षा राम्ररी बुझेका लामिछानेले निर्वाचनमा साहलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरिहेका छन् । त्यही कारणले आफूले संगठित अपरोध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट सफाई नपाउन्जेल बालेनलाई प्रधानमन्त्री बनाउने उधारो सहमति गरेर झापा पठाएका हुन् । निर्वाचनमा समानुपातिक तर्फ सबै भन्दा बढी मत ल्याउने र निर्वाचनपछि आफ्ना पार्टीका नेताहरुलाई मनोनित गरेर रास्वपाको केन्द्रीय समिति र संसदको संसदीय बोर्डमा आफ्नै बहुमत राखेर बालेनलाई अल्पमतमा पारेर पार्टी छोड्न बाध्य पार्ने रणनीतिमा रास्वपा र लामिछाने लागि परेको रास्वपा सूत्रले नै बताएको हुनाले पुराना दलभन्दा खतरानाक रास्वपा हुन सक्ने र यसले जनताको पक्षमा होइन आफ्नो स्वार्थमात्र पुरा गर्ने प्रयासमा रहेको हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports