सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा आत्मसमर्पण हुँदैन : अध्यक्ष ओली

780
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको विषयमा आत्मसमर्पण नहुने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि भएको छलफलका क्रममा ओलीले यस्तो बताएका हुन् ।पार्टीका प्रचारप्रसार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा लगायतको रक्षाका लागि आफ्नो पार्टी प्रतिरोध, प्रतिवाद र प्रतिरक्षामा उत्रने ओलीले बताएका हुन् ।

‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो । साथै, अध्यक्ष ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिनुभयो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।साथै, उनले आफ्नो पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारबाहीका विषयमा नजिकबाट नियालिरहेको जानकारी पनि गराए ।

‘सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको अध्यक्ष ओलीले बताउनुभयो,’ शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकास मार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको पनि उनले बताए ।

‘नेकपा (एमाले)ले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको छ,’ शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports