सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले अधिकांश छिमेकी मुलुकलाई दिने बजेट बढाउँदा नेपाललाई घटायो

1.04K
shares

भारतले हरेक वर्षको आफ्नो बजेटमार्फत छिमेकी देशहरुलाई अनुदान बजेट छुट्याउँदै आएकामा यस वर्ष नेपाललाई दिने बजेट भने घटेको छ।

भारतको परराष्ट्र मन्त्रालयका अनुसार नेपालले आर्थिक वर्ष २०२६–२७ का लागि ८ अर्ब भारु पाउने भएको हो।चालू आवका लागि भारतले नेपाललाई ८ अर्ब ३० करोड भारु छुट्याएको थियो। यसपालि भने ३० करोड कटौती गरिएको छ।भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२६–२७ का लागि ५ सय ३० खर्ब भारुको कुल विनियोजन गरेकी हुन्।यसअनुसार भुटानलाई भारतले सबैभन्दा धेरै २२ अर्ब ८८ करोड ५६ लाख दिने भएको छ। चालू आवमा भुटानलाई १९ अर्ब ५० करोड विनियोजन गरिएको थियो।

त्यसैगरी गत वर्ष १ अर्ब छुट्याइएकोमा यस वर्ष अफगानिस्तानले १ अर्ब ५० करोड, गत वर्ष ३४ करोड ४८ लाख पाएको बंगलादेशलाई ६० करोड, गत वर्ष ३ अर्ब पाएको श्रीलंकालाई यस वर्ष ४ अर्ब, गत वर्ष ६ अर्ब २५ करोड पाएको माल्दिभ्सलाई यस वर्ष ५ अर्ब ५० करोड, गत वर्ष २ अर्ब पाएको म्यान्मारलाई यस वर्ष ३ अर्ब, गत वर्ष २५ करोड पाएको मंगोलियालाई यस वर्ष २५ करोड नै छुट्याइएको छ।

त्यसैगरी अफ्रिकन देशहरुले गत वर्ष २ अर्ब ११ करोड पाएकामा यस वर्ष २ अर्ब २५ करोड पाउने भएका छन्। यसपालि युरेसियन देशहरुलाई ३८ करोड, ल्याटिन अमेरिकी देशलाई १ अर्ब २० करोड, अन्य विकासोन्मुख देशलाई ८० करोड सहयोग दिने भारतीय बजेटमा प्रस्ताव गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports