सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनलाई एमालेमय बनाउन अध्यक्ष ओली झापा पुगे

1.13K
shares

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ आइपुगेका छन् । चन्द्रगढी विमानस्थलबाट उनी बिर्तामोड हुँदै निर्वाचन क्षेत्र नम्बर ५ मा आएका हुन् ।

उनलाई प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे लगायतका एमालेका नेता तथा कार्यकर्ताहरूले स्वागत गरे । विमानस्थलमा पुगेका सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले झापाको निर्वाचनका विषयमा भइरहेका कामका बारेमा सुझाव मागे ।उनले शन्ती सुरक्षाको अवस्था र निर्वाचनको वातावरणका विषयमा पत्रकारहरूको प्रतिक्रिया सुनेपछि एमाले मय झापा र एमाले मय देश बनाउन सहयोग गर्न अपिल गरे । उनले पत्रकारसँग संक्षिप्त कुरा गर्दै भने ‘अहिले देश विषम परिस्थितमा पुगेको छ । देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ ।’ उनले यस पटक झापा ओलीमय भएको दाबी गरे ।

एमाले अध्यक्ष ओली फागुन २१ गतेका लागि हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गराउन आएका माघ ५ गते झापा आएका थिए । उनी माघ ९ गते काठमाडौँ फर्किएका थिए ।झापा आएका एमाले अध्यक्ष ओली एक साता आफ्नो निर्वाचन क्षेत्रमा बस्ने कार्यक्रम रहेको छ । एमाले झापा सचिव तुलसी कार्कीले अध्यक्ष एक साता आफ्नो निर्वाचन क्षेत्रमा बस्ने बताए ।

उनले अध्यक्ष ओली भोली र पर्सी कमल गाउँपालिका केन्द्रित भेटघाटमा रहने बताए । उनले भने,‘यस पटक पालिका केन्द्रित कार्यक्रमहरू छन् । भेटघाटलाई प्राथमिकता रहने गरी कार्यक्रम तय भएको छ । ’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports