नेपाल-भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन
वि.सं.२०८२ माघ २४ शनिवार ०९:०८
shares

काठमाडौं । नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ । बैठकका क्रममा शुक्रबार अपरान्ह बेहोस भएर ढलेका एसपी घिमिरेको गएराति निधन भएको हो ।
मोरङको विराटचोकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठकको क्रममा घिमिरे बेहोस भएर ढलेका थिए । उनलाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रारम्भिक स्वास्थ्य जाँचमा एसपी घिमिरेलाई उच्च रक्तचाप देखिएको थियो ।






































