सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी- २० विश्वकप : आज आफ्नो पहिलो खेलमा नेपाल बलियो टोली इङ्ल्याण्ड सँग खेल्दै

1K
shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ।

मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो।नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो।अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्।

सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन्।कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्।इङल्यान्डविरुद्ध मैदान उत्रनुअघि नेपाली टोलीले शनिबार पुरा आराम पाएको थियो।विश्वकपअघि नेपालले युएई र क्यानडासँग अफिसियल वार्मअप म्याच खेलेको थियो। ति दुवै खेलमा नेपालले जित हात पारेको थियो। विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलमा छ।

सन् २०१० र २०२२ मा विश्वकपको उपाधि उचालेको बलियो टोली इङल्यान्ड नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ। नेपालविरुद्धको खेलका लागि इङल्यान्डले शनिबार नै प्लेइङ ११ सार्वजनिक गरिसकेको छ।नेपाल इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटाली रहेको समुहमा छ। इङल्यान्ड र वेष्ट इण्डिजले दुई पटक विश्वकपको ट्रफी उचालेका छन्।इटाली भने विश्वकपमा डेब्यु गर्न लागेको हो। सन् २००७ मा विश्वकप कपमा डेब्यु गरेको स्कटल्यान्ड सन् २०१६ पछि लगातार विश्वकप खेल्ने टोली हो।बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न अस्वीकार गरेपछि आइसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो।

विश्वकपको पहिलो दिन शनिबार तिन खेल सम्पन्न भए। श्रीलंकाको कोलोम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो। भारतको इडेन गार्डेनमा भएको खेलमा वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले तथा मुम्बइको वानखेडेमा साविक विजेता भारतले अमेरिकालाई २९ रनले हरायो।विश्वकपमा आइतबार पनि तीन खेल हुनेछ। दिनको पहिलो खेलमा चेन्नइमा समुह डी का अफगानिस्तान र न्यु जिल्यान्ड खेल्नेछन्। उता श्रीलंकाको कोलोम्बोमा घरेलु टोली र आयरल्यान्ड खेल्ने तालिका छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports