विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कम्युनिष्ट पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

1.69K
shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ।

मंगलबार अपराह्न सार्वजनिक हुने चुनावी घोषणापत्रलाई नेकपाले ‘प्रतिबद्धतापत्र’ भनेको छ। जसमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा अगाडि सारिएको एक नेताले बताए।

उनका अनुसार, झण्डै १३ हजार शब्दको प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ। त्यसका लागि नेकपाले ‘स्वाधिन र समृद्ध नेपालका निर्माणको मार्गचित्र’ अघि सारेको हो।

पाँच वटा अध्यायमा विभाजित प्रतिबद्धतापत्रको पहिलो अध्यायमा नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण राखिएको छ। त्यस्तै, दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणामुखी प्रशासनबारे चर्चा गरिएको छ।

नेकपाका २५ जनाभन्दा बढी नेता मिलेर प्रतिबद्धतापत्र तयार गरेका हुन्। आजै नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा कार्यक्रम आयोजना गरि प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports