सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियार प्रमुख राईलाई धम्क्याउने पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याईयो

1.48K
shares

उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ।

पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो।पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राई सहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएका थिए।

उनले भदौ २४ गते कारागारबाट भागेका कैदीलाई सुपारी दिएर मार्ने धम्की दिएका थिए।धम्की दिएपछि अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लागेको थियो।डिसेम्बर ३१ मा मालोलस सिटीमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको फ्युजिटिभ सर्च युनिटले फिलिपिनी नेशनल पुलिससँगको संयुक्त अपरेसन गरी पक्राउ गरेको थियो।

त्यस्तै, काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी र इन्टरपोलमार्फत डिसेम्बर १२ मा डिफ्युजन नोटिस समेत जारी भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports