तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो

1.2K
shares

रौतहट । रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएको छ। गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले बिहान १० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गत शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९)(क) बमोजिम लागू गरिएको उक्त कर्फ्यू अन्तर्गत मानिसहरूको आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको थियो।

कर्फ्यूको दायरा पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्म तोकिएको थियो।सबगढा क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव, झडप तथा शान्ति सुरक्षा स्थितिमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै कर्फ्यू लगाइएको प्रशासनले जनाएको थियो। स्थिति नियन्त्रणमा आएपछि दुवै पक्षबीच संवाद र सहमतिमार्फत अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यू हटाइएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिहान १० बजेदेखि कर्फ्यू पूर्ण रूपमा हटाइएको जानकारी दिँदै हाल जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports